हाम्रो बारेमा
Green Resilient Agricultural Productive Ecosystems
GRAPE कार्यक्रमले नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा दिगो कृषि पारिस्थितिक प्रणालीलाई सुदृढीकरण गर्ने लक्ष्य राखेको छ । यसो गर्दा, कार्यक्रमले हरित स्थानीय आर्थिक विकासलाई सहयोग गर्दछ। यस कार्यक्रम मार्फत किसान, सहकारी र साना व्यवसायीहरूलाई स्थानीय स्तरमा आर्थिक रूपमा सक्षम एवं जलवायु अनुकूल मूल्य श्रृंखलाहरू निर्माण गर्न सक्षम हुनेछन् । तालिमको माध्यमबाट उनीहरूले एकीकृत बाली व्यवस्थापन, चक्रीय बाली प्रणाली तथा प्रांगारिक खेतीसम्बन्धी तौरतरिका, कृषि वन, र जलस्रोत व्यवस्थापन कसरी गर्ने जस्ता विभिन्न अभ्यासहरू सिक्दछन् । कार्यक्रमले नगरपालिकाहरूलाई उनीहरूको योजनामा जलवायु परिवर्तन सान्दर्भिक लगानी र परियोजनाहरू आवद्ध गर्न सहयोग गर्दछ । सहकार्यात्मक कार्य अनुसन्धान र बहु–कर्ता सहायता कार्यान्वयनद्वारा परियोजनाले जलवायु–उत्थानशील कृषिको प्रवद्र्धन र परियोजनाको समयावधि भन्दा बाहिर पनि उपयोगी ज्ञानको सह–सृजना र साझेदारीका लागि नेपाली सरोकारवालाहरूलाई सहयोग गर्दछ ।
साझेदारहरू
साझा लक्ष्य हासिल गर्न सहकार्य